नेकपा एमालेले धादिङ–२ को टिकट दोस्रोपटक हेरफेर, पुनः धनबहादुर घले नै उम्मेदवार

श्याम खतिवडा

काठमाडौं । नेकपा एमालेले धादिङ क्षेत्र नम्बर २ को उम्मेदवारी दोस्रोपटक परिवर्तन गरेको छ । प्रारम्भमा सचिवालय बैठकले धनबहादुर घलेकै उम्मेदवारी तय गरेको भए पनि सोमबार पार्टीले चन्द्र रिजाललाई टिकट दिने निर्णय गरेको छ । तर, जिल्ला कार्यकर्ताले जिल्ला कार्यालयमा तालाबन्दी गर्दै विरोध जनाएपछि अहिले मनोनयन घलेकै नाममा पठाउने तयारी भइरहेको जिल्ला अध्यक्ष अर्जुन गोर्खालीले जानकारी दिएका छन् । त्यस्तै, धादिङ–१ मा भूमि त्रिपाठी उम्मेदवारका रूपमा चयन भएका छन् । यस घटनाले धादिङको चुनावी तालमेल र नेताहरूमाझको असन्तुष्टि उजागर गरेको छ ।

प्रतिक्रिया