पुटिनद्वारा नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त

nepaltext

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

राष्ट्रपति पुटिनले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई शोक सन्देश पठाउँदै विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्।

शोक सन्देशमा पुटिनले नेपालमा आएको प्राकृतिक विपद्बाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै संकटको यस घडीमा रुसी जनता नेपालका जनतासँगै रहेको उल्लेख गरेका छन्।

उनले बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवार तथा आफन्तजनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रतिक्रिया