प्रदेश सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

nepaltext

लुम्बिनी । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १:०० बजे बस्नेछ ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया