कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै

nepaltext

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।

बैठकमा छलफल हुने विषयबारे भने औपचारिक रूपमा एजेन्डा सार्वजनिक गरिएको छैन । कांग्रेसले १५औँ महाधिवेशनका लागि निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ ।

यसअघि आइतबार र सोमबार अर्थात् भदौ २१ र २२ गते कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकमा भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय संकट, खोज तथा उद्धार, राहत तथा पुनर्स्थापनालगायत विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया