बैतडीमा बोलेरो जीप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

श्याम खतिवडा

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका-८, साँडीघाँटीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। प्रहरी प्रवक्ता इन्स्पेक्टर सुरज सिंहका अनुसार, मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब ३०० मिटर तल खसेको हो। घटनास्थलमै तीनजनाको मृत्यु भएको बताइएको छ। मृतक सबै पुरूष हुन् र उनीहरूको सनाखत अहिलेसम्म भएको छैन। जीपमा कुल कति जना सवार थिए भन्ने विवरण खुलिसकेको छैन। अन्य सबै घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

प्रतिक्रिया