काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गरेका हुन् ।
पूजाआराधनापछि उनले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।
२३ भदौ २०८३, मङ्गलबार १०:४९ मा प्रकाशित