कर्मचारी आन्दोलनका बिच धितोपत्र अलपत्र पार्दै विदेश हिडे अध्यक्ष श्रेष्ठ

nepaltext.com




धितोपत्र बोर्डको स्वायत्ततामाथी प्रश्न उठाउदै झण्डै एक साता देखि आन्दोलनमा उत्रिएका कर्मचारी र बोर्डलाई अलपत्र छोडेर अध्यक्ष सन्तोषनारायण श्रेष्ठ भने शनिबार बिदेश उडेका छन् । 

अर्थमन्त्रालयसँग अनुमति समेत नलिई धितोपत्र बोर्डलाई अलपत्र छोडेर बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ शनिबार बिदेश उडेका हुन् । जेन्जी आन्दोलनले मुलुक पुरै अस्तब्यस्त भएको बेला बोर्डको माथिल्लो निकाय अर्थमन्त्रालयसँग समेत सहमति नलिई अध्यक्ष श्रेष्ठ विदेश उड्नुलाई निकै महत्वका साथ हेरिएको छ । अध्यक्ष निकट स्रोतका अनुसार उनि युलेन्स स्कुलमा अध्ययनरथ छोरी समेतलाई लिई शनिबार थाइ एयरको बिमानबाट थाइल्याण्ड उडेका छन् । उतैबाट भीयतनाम हुदै अमेरिका जानेगरी तयारी गरेको खबर उनको पारिवारिक स्रोतले दिएको छ । 

यता बोर्डमा कर्मचारीहरुले भने अध्यक्ष श्रेष्ठ आएसँगै बोर्डको गरिमा नै सकिने गरि काम गरेको , मन्त्रिपरिषद र अर्थमन्त्रालयका निर्देशनहरु कार्यान्वयन नगरि बेग्लै गैरकानुनी ढंगबाट कार्यविधि बनाएर नियमविपरित काम गर्ने गरेको र प्रश्ट देखिने गरि अनियमितता गरेको जस्ता आरोप लगाउदै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनरत कर्मचारीहरुले ४ दिन अघि नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सिइओ लाई घण्टौंसम्म कार्यकक्षमै थुनेका थिए । त्यस्तै बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको पनि गाडीको चाबि थुतेर गालीगलौज गरेका थिए । उनिहरुले उक्त आन्दोलन आफुहरुको सेवा सुविधा को लागि मात्र नभै सिंगों धितोपत्र बोर्डको गरिमा कायम राख्न भएको बताउदै आएका छन् । 

अध्यक्ष श्रेष्ठलाई प्राथमिक शेयर निष्काशनका लागि आबेदन दिएका व्यवसायीहरुले सिधै ८ प्रतिशत कमिशन मागेको भन्दै अर्थमन्त्रालयको गुनासो शाखामा समेत गुनासो रेकर्ड गराउदै आएका छन् । अर्थमन्त्री रामेश्वर खनालले गुनासो शाखामा रेकर्ड भएका विषयदेखि अन्य दर्जनौं समस्याहरु बोर्डका बारेमा आएको बताउदै तत्काल सरकारले आवश्यक निर्णय लिने बताउदै आएका छन् । 

अध्यक्ष श्रेष्ठको अनियमित चरित्रका कारण पछिल्लो समय पुँजी बजारमा समेत नकरात्मक असर परिरहेको भन्दै लगानीकर्ताहरुले समेत श्रेष्ठको बिकल्प खोज्न सरकारलाई ध्यानाकर्शण गराइरहेका छन् । उनिहरुले व्यवस्थापन गर्ने निकायनै मनोपरि गर्नमा तल्लीन रहेको आरोप लगाएका छन् । अध्यक्ष श्रेष्ठ यस अघिको केपी ओली नेतृत्वको सरकारका पालामा अर्थमन्त्री विष्णु पौडेलले दिपक भट्ट लगाएतका बिचौलियाहरु मार्फत भीत्राइएका पात्र हुन् । उनको चौतर्फी आलोचना छ ।  जेन्जी युवाहरुको ऐतिहाँसीक आन्दोलनको बलमा बनेको सरकारले बिचौलिया र भ्रस्टहरुको सिफारिसमा सरकारी निकायमा नियुक्त भएका कर्मचारी लाई हटाउछ भन्नेमा आफुहरु विस्वस्त रहेको लगानीकर्ताहरुले बताएका छन् । 


प्रतिक्रिया