नौबिसे-मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न

nepaltext

काठमाडौँ । नागढुंगा-मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ ।

कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।

नागढुङ्गा-मुग्लिङ सडक योजना(पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाकाअनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ ।

प्रतिक्रिया