मलेसियाद्वारा नेपाललाई २३३ रनको लक्ष्य

nepaltext

काठमाडौँ । मलेसियामा जारी अभ्यास खेलमा घरेलु टोली मलेसियाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रन बनाएको हो ।

मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रनको योगदान दिए । सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० तथा विरानदीप सिंहले ३९ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । करण केसीले दुई तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे ।

२३३ रनको लक्ष्य पछ्याउँदै नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

प्रतिक्रिया