राहदानी कार्यालय परिसर बाहिर आत्मदाह प्रयास

nepaltext

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।

उनको परिचय खुलेको छैन ।

प्रतिक्रिया