प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख मौज्दात

nepaltext

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि सरकारले आह्वान गरेको प्रधानमन्त्री राहत कोषमा हाल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।

कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकमा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर जम्मा रहेको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।

बाढीपछि सरकारले प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायबाट प्राप्त सहयोग रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

प्रतिक्रिया