एनपीएलको फाइनल प्रवेशका लागि लुम्बिनी–विराटनगर भिड्दै

श्याम खतिवडा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आज दोस्रो क्वालिफायरको रोचक भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको हो। लुम्बिनी भने बुधबारको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै यस चरणमा प्रवेश गरेको हो।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो। आजको खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ, जहाँ उनीहरूले उपाधिका लागि सुदूरपश्चिम रोयल्सको सामना गर्नेछन्। सुदूरपश्चिम पहिलो संस्करणको एनपीएलको उपविजेता टोली हो। फाइनल खेल यही मंसिर २७ गते शनिबारका लागि तय गरिएको छ।

प्रतिक्रिया