रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात

nepaltext

कर्णाली । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण कर्णाली प्रदेशका १६८ जना अझै सम्पर्कविहीन रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार बाढीमा परेर प्रदेशका १० जिल्लाका २४८ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ७८ जना सम्पर्कमा आइसकेका छन् भने दुई जनाको मृत्यु भएको छ ।

बाढीमा मृत्यु हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–२ का नहकुल शर्मा र सल्यानको बागचौर नगरपालिका–१० पीपलनेटाका २० वर्षीय आयुष खड्का रहेका छन् । रसुवा भन्सार कार्यालयका अधिकृत शर्माको शव गोरखामा भेटिएको थियो । उनको काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्लान्ट क्वारेन्टाइन टिमुरेमा खरिदार पदमा कार्यरत खड्काको पनि बाढीमा परेर मृत्यु भएको थियो । उनको शव चितवनको देवघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रहरीका अनुसार हालसम्म सम्पर्कविहीन रहेका १६८ जनामध्ये सबैभन्दा धेरै जुम्लाका ६३ जना छन् । सल्यानका ५१, सुर्खेतका १५, मुगुका ११, रुकुम पश्चिमका सात, हुम्ला र कालीकोटका छ/छ, दैलेखका पाँच तथा जाजरकोट र डोल्पाका दुई/दुई जना सम्पर्कविहीन रहेका छन् ।

सम्पर्कविहीन हुनेमा १३४ पुरुष, २६ महिला र आठ बालबालिका रहेको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले जानकारी दि

सम्पर्कविहीन हुनेमा १३४ पुरुष, २६ महिला र आठ बालबालिका रहेको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले जानकारी दिए ।

प्रतिक्रिया