राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता तान्ने

nepaltext.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता बढेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आगामी कात्तिक १२ गते (बुधबार) उक्त रकम तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। कुल आह्वान रकमसम्म पुग्ने गरी बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।

बोलकबोल आज दिउँसो ३ बजे हुनेछ। निक्षेप संकलन उपकरणको यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

१७५ दिने निक्षेपको भुक्तानी आगामी २०८३ वैशाख ९ गते मूलधनसहित ब्याज भुक्तानी गरी सम्पन्न गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया