उखु किसानहरुको आन्दोलन आजपनि जारी: अनुदान कटौतीविरुद्ध माइतीघरमा धर्ना

nepaltext.com

तराई-मधेशका ११ जिल्लाका उखु किसानहरूले सरकारले दिने अनुदान कटौती गरेपछि आइतबारदेखि काठमाडौंको माइतीघरमा धर्ना बसेका छन्।

नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरेन्द्र सिंह बिष्टले बताएअनुसार, विगत सात वर्षदेखि सरकारले उखु प्रवद्र्धन खर्चको रूपमा किसानलाई ६०, ६५ र हाल ७० रुपैयाँ प्रदान गर्दै आएको थियो। तर हाल सरकारले यस रकम कटौती गर्ने निर्णय गरेपछि सम्पूर्ण उखु उत्पादन गर्ने किसानहरू असन्तुष्ट बनेका छन्।

बिष्टले भने, “देशको आर्थिक अवस्था सबल बनाउन किसानहरूले अर्बौं रुपैयाँ कर तिरेर योगदान गरिरहेका छन्। यद्यपि, सरकारले अनुदान कटौती गरेर उत्पादन मूल्य नै घटाएको छ। यस्तो निर्णयले हामीलाई खेदित बनाएको छ।”

किसानहरूले सरकारसँग थप सुविधा र उचित मूल्यको माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन्।

प्रतिक्रिया