काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको १०९ रुपैयाँ ३१ पैसा र १०९ रुपैयाँ ७४ पैसा, तथा सिङ्गापुर डलर एकको ११९ रुपैयाँ ०२ पैसा र ११९ रुपैयाँ ५० पैसा तोकिएको छ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ४८ पैसा र २२ रुपैयाँ ५७ पैसा, साउदी रियाल एकको ४० रुपैयाँ १८ पैसा र ४० रुपैयाँ ३४ पैसा, तथा कतारी रियाल एकको ४१ रुपैयाँ ३९ पैसा र ४१ रुपैयाँ ५६ पैसा रहेको छ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, यूएई दिराम एकको ४१ रुपैयाँ ०८ पैसा र ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको ३७ रुपैयाँ ३० पैसा र ३७ रुपैयाँ ४५ पैसा कायम गरिएको छ।
साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १६ पैसा र बिक्रीदर ११ रुपैयाँ २१ पैसा, स्वीडिस क्रोनर एकको १५ रुपैयाँ ७८ पैसा र १५ रुपैयाँ ८५ पैसा, तथा डेनिस क्रोनर एकको २३ रुपैयाँ ४५ पैसा र २३ रुपैयाँ ५४ पैसा तोकिएको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको ४९१ रुपैयाँ ४७ पैसा र ४९३ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको ४०० रुपैयाँ १९ पैसा र ४०१ रुपैयाँ ७८ पैसा तथा ओमनी रियाल एकको ३९१ रुपैयाँ ८९ पैसा र ३९३ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।