अमेरिकाको मियामी एयरपोर्टमा विमान दुर्घटना, पाँच जनाको मृत्यु

nepaltext

अमेरिका । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरणका क्रममा बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार विमान रनवेबाट बाहिरिँदा करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको थियो।

दुर्घटनापछि विमानले विमानस्थल परिसरमा रहेका केही सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि विमानमा आगलागी भएको थियो।

घटनाको सूचना पाएलगत्तै करिब २०० जना दमकलकर्मी उद्धार तथा आगो नियन्त्रणका लागि घटनास्थल पुगेका थिए। उद्धार टोलीले आगो नियन्त्रणमा लिनुका साथै घाइतेहरूको उद्धार गरेको थियो।

अधिकारीका अनुसार घाइतेमध्ये तीन जनालाई स्थानीय ट्रमा सेन्टरमा लगिएको छ भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया