फेरि घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

nepaltext

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो।

यससँगै लगातार दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

प्रतिक्रिया