काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा झण्डै २ अर्ब ७८ करोड रुपैयाँ मुद्दति निक्षेप राख्ने भएको छ।
यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। घोषित रकममध्ये २ अर्ब २२ करोड १४ लाख रुपैयाँ वाणिज्य बैंकमा, ४१ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र १३ करोड ८८ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेप राखिने छ।
यो लगानी २०२५ सेप्टेम्बर ११ देखि २०२६ सेप्टेम्बर ११ सम्म ३६६ दिनका लागि हुनेछ।
५ भदौ २०८२, बिहिबार ०४:२० मा प्रकाशित