प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत

nepaltext

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई अमेरिका जाने स्वीकृति दिएको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा प्रतिनिधिमण्डलले महासभामा नेपालको प्रतिनिधित्व गर्नेछ। यो प्रधानमन्त्री शाहको पहिलो उच्चस्तरीय विदेश भ्रमणसमेत हुनेछ।

प्रतिक्रिया