लुम्बिनी लायन्सले दियो सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य

श्याम खतिवडा

११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमै सबै विकेट गुमाउँदै १४३ रनमा समेटिएको हो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन योगदान दिए भने दिलिप नाथले ३१ रन जोडेर साथ दिए। ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८–१८ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले ३–३ विकेट लिए भने हेम्नत धामीले २ विकेट हात पारे।

अंकतालिकामा सुदूरपश्चिम रोयल्स ३ खेलमा अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा छ। लुम्बिनी लायन्स भने ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा छ। गत संस्करणमा पनि यी दुई टोलीबीचको खेल सुदूरपश्चिमले आफ्नो पक्षमा पारेको थियो।

प्रतिक्रिया