जबरजस्ती करणी मुद्दामा पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर

nepaltext

काठमाडौं । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार उनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो।

अदालतले दोषी ठहर गरे पनि सजाय भने अझै निर्धारण गरेको छैन। सजाय निर्धारणका लागि आगामी साउन ३२ गते अर्को पेसी तोकिएको छ।

 

प्रतिक्रिया