काठमाडौँ। बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेकाको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएको छ। ती उपकरणहरूलाई त्यहाँ खण्ड-खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको छ।
बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। गएराति भीषण बाढी आएको भए पनि उद्धार प्रयास निरन्तर जारी छ। नेपाली सेनाका अनुसार अबको करिब एक घण्टामा सुरङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने (ब्रेक थ्रु) काम सम्पन्न हुनेछ। त्यसपछि मात्रै फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु हुनेछ।
१४ भदौ २०८३, आईतबार ०२:४३ मा प्रकाशित