काठमाडौं । गाजामा हमासले नियन्त्रणमा राखेका जीवित बन्धकहरूको नयाँ सूची सार्वजनिक भएको छ, जसमा नेपाली युवा विपिन जोशीको नाम पनि समावेश गरिएको छ ।
हमास र इजरायलबीचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धकहरू रिहा गरिने कार्यक्रम अघि उक्त सूची सार्वजनिक गरिएको हो ।
'अन्तर्राष्ट्रिय समाचार संस्था ‘वाशिङ्टन पोस्ट’ ले सार्वजनिक गरेको उक्त सूचीमा विपिन जोशी जीवित रहेको पुष्टि गरिएको हो । यसअघि ‘सिएनएन’ ले जारी गरेको सूचनामा विपिनको अवस्था “अज्ञात” भनेर उल्लेख गरेपनि पछिल्ला विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विपिन जीवित रहेको दाबी गरेका छन्।
नेपाल सरकार र जोशी परिवारले आधिकारिक पुष्टि नआएसम्म धैर्यपूर्वक प्रतिक्षा गरिरहेका छन्, तर यो समाचारले देशभर आशाको किरण जगाएको छ ।
२६ असोज २०८२, आईतबार १०:५७ मा प्रकाशित