रञ्जिता श्रेष्ठ नै नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतृ

श्याम खतिवडा

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारी आफैं सम्हाल्ने भएकी छन्।

पार्टीले गरेको निर्णयबारे संसद सचिवालयमा आधिकारिक पत्र दर्ता गराइएको छ। यसअघि दलको नेता गंगाराम चौधरी रहेकामा उनले पार्टी हितविपरीत गतिविधि सञ्चालन गरेको र स्पष्टीकरण माग्दा सन्तोषजनक जवाफ नआएपछि कारबाही गरिएको उल्लेख पत्रमा छ।

निजलाई पदबाट हटाइएपछि रिक्त भएको संसदीय दलको नेताको जिम्मेवारी अध्यक्ष श्रेष्ठले आफैंले वहन गर्ने भनिएको छ। सो सम्बन्धी जानकारी निर्वाचन आयोगलाई पनि दिइएको पार्टीको भनाइ छ।

#नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ 

प्रतिक्रिया