कागेश्वरी मनोहराकी इन्जिनियर दीपा कार्की ६४ हजार घुससहित पक्राउ

श्याम खतिवडा

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखामा प्रमुख इन्जिनियर (सातौँ तह) पदमा कार्यरत दीपा कार्की ६४ हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेकी छन्। सेवाग्राहीको 'स्ट्रक्चर एनालाइसिस' (Structure Analysis) को काम स्वीकृत गरिदिने बहानामा पटक-पटक दुःख र हैरानी दिँदै बार्गेनिङ गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

उक्त घुस लेनदेनमा मध्यस्थता गर्ने आस्मा कार्कीलाई पनि अख्तियारले पक्राउ गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरू दुवै जनालाई सोमबार नगरपालिकाको थलीस्थित डाँछी कार्यालयबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गर्नका लागि आज विशेष अदालतबाट म्याद थप गरिएको छ।

प्रतिक्रिया