काठमाडौं । रूपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) सुरु गरेको छ ।
उक्त निर्वाचनमार्फत ९ जना आकांक्षीमध्ये एक जना उम्मेदवारलाई छनोट गरिनेछ । आकांक्षीको सूचीमा सुलभ खरेल, पार्टी उपाध्यक्ष पार्थिवेन्द्र, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् ।
मतदाताहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ । मतदान बिहीबार बिहान ७ बजेदेखि सुरु भई शुक्रबार साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।
रास्वपाले मतदातालाई ९ मध्ये कुनै पनि उम्मेदवार मन नपरेको खण्डमा “कसैलाई नचाहेको” विकल्प छान्ने सुविधा समेत उपलब्ध गराएको छ ।
१२ भदौ २०८२, बिहिबार १२:२६ मा प्रकाशित