शनिबार र आइतबार पनि गाउँपालिकाको कार्यालय खुल्ने

nepaltext

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाले भुक्तानीसम्बन्धी कार्य समयमै सम्पन्न गर्न शनिबार र आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार आर्थिक वर्षको अन्त्यसँगै भुक्तानीसम्बन्धी कार्य समयमै सम्पन्न गर्न असार २० र २१ गते (शनिबार र आइतबार) कार्यालय सञ्चालन गरिने भएको हो।

पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि सबै प्रकारका भुक्तानी, निकासा तथा खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ।

सोही व्यवस्थाअनुसार भुक्तानी प्रक्रियालाई निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक भएकाले उक्त दुई दिन भुक्तानीसम्बन्धी कार्यका लागि कार्यालय सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ।

image-3-1782897754.png

प्रतिक्रिया