माओवादी केन्द्रको पदाधिकारी बैठक फेरि स्थगित

nepaltext.com

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरि स्थगित भएको छ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको उनको भनाइ छ। यसअघि बिहीबार बोलाइएको बैठक पनि स्थगित भएको थियो।

प्रतिक्रिया