देशभर १३ स्थानमा सडक अवरुद्ध, आठ सडकमा आंशिक यातायात सञ्चालन

nepaltext.com

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १३ स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिकास्थित कोशी राजमार्गका विभिन्न खण्डमा पहिरो खस्दा आवागमन बन्द भएको छ।

यस्तै, पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाईकुण्ड गाउँपालिका क्षेत्र र गल्छी–त्रिशुली–मैलुङ सडकखण्ड पनि अवरुद्ध भएका छन्। ढोरपाटन–सालझण्डी, बेनी–दरवाङ सडक, भेरी करिडोर, कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड, साथै जाजरकोट–डोल्पा सडकखण्डमा समेत यातायात रोकिएको प्रहरीको भनाइ छ।

सडक अवरुद्ध भएका स्थानमा सुरक्षाकर्मी परिचालन गरी पहिरो हटाउने कार्य भइरहेको छ। यसैबीच, देशका विभिन्न क्षेत्रमा बन्द भएका आठ सडकखण्डमा भने अहिले एकतर्फी सवारीसाधन सञ्चालन भएको छ।

प्रतिक्रिया